मोरङको लेटाङ ७ कुम्लेमा गएराती परेको चट्याङ लागेर एक हल गोरु मरेका छन्।
स्थानीय दल बहादुर लिम्बूको गोठ अगाडी बाँधेका हल गोरु गएराति २ बजेतिर पानीसँगै परेको चट्याङ लागेर मरेका हुन्।
दलबहादुर लिम्वूका छोरा इन्द्र लिम्वूका अनुसार सँगै रहेका २ वटा कोरली बाछी र गाई भने सकुशल रहेका छन्। हल गोरु मर्दा ८५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ।