राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसा प्रकरण जस्तो गम्भीर विषयमा सरकार मौन बसेर लाचारीपनको सङ्केत दिएको आरोप लगाएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले मानव तस्करहरूलाई उन्मुक्ति दिने काम गरिरहेको भन्दै आपराधिक गिरोहसँग सरकारको कुनै साँठगाँठ त छैन भन्दै आशङ्का व्यक्त गरे।
‘सरकारहरू फेरिन्छन्। मन्त्रीहरू फेरिन्छन्। तर मानव तस्करहरू सधैँ उन्मुक्त किन हुन्छन् ? यो प्रश्न हाम्रो अगाडि गम्भीर रूपमा उभिएको छ। भिजिट भिसा प्रकरण अपराध मात्र होइन। मानवताको घोर अपमान हो। दुःखको कुरा अपराधीलाई कारबाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ। यस्तो गम्भीर विषयमा पनि दुई ठुला दल किन मौन छन् ? यो सरकारको आपराधिक गिरोहसँग कुनै साँठगाँठ त छैन। कि यो तपाईँहरूको लाचारीपनको सङ्केत हो,’ नेपालीले सरकारलाई पश्न गरे।