काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
नक्कली परीक्षार्थी बनेर एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिएको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका ८ घर भई काठमाडौं महानगरपालिका ४ धुम्वाराही बस्ने २६ वर्षीय केशव रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका १४ स्थित रहेको जनप्रशासन क्याम्पसमा केशवले दान बहादुर रोकायाको परीक्षा दिएको भन्ने थाहा पाएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई शिक्षा सम्बन्धी ऐन कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भई सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।