परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रवार इटलीको राजधानी रोम जाँदै छिन् ।
खाद्य तथा कृषि सङ्गठन एफएओको ४४ औँ सम्मेलनमा भाग लिन मन्त्री राणा आज रोम जान लागेकी हुन् । 
परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र पराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरू सहभागी हुने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिवारदेखि बिहीबारसम्म हुनेछ । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।