माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो।


यस वर्ष एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये जिपिए ३.६ देखि ४.० सम्मका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ रहेको छ। त्यसैगरी जिपिए ३.२ देखि ३.६ सम्ममा ८१ हजार ३८५ जना, जिपिए २.८ देखि ३.२ सम्ममा ८९ हजार १ सय २४ जना, जिपिए २.४ देखि २.८ सम्ममा ४८ हजार ४ सय ७९ जना, जिपिए २.० देखि २.४ सम्ममा ४ हजार १ सय २६ जना तथा जिपिए १.६ देखि २.० सम्ममा जम्मा ८ जना परीक्षार्थी रहेका छन्।


यस्तै, १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने १ लाख ६७ हजार ५९७ जना विद्यार्थी अवर्गीकृत भएका छन्।


सामान्यत: एक विषयमा समेत ग्रेड नपाउने विद्यार्थी ‘अवर्गीकृत’मा पर्छन्। अवर्गीकृत विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन्।


गएको चैत ७ गतेदेखि सञ्चालन भएको ०८१ सालको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ जना परीक्षार्थी सहभागी भएका थिए।


नतिजा www.see.ntc.net.np, www.see.gov.np, र नेपाल टेलिकमको एसएमएस सेवा वा IVR प्रणालीमार्फत हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ।