जनकपुरधाममा उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका काकाको छुरा प्रहार गरी हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ रामपुर निवासी अन्दाजी ७५ वर्षीय वासुदेव प्रसाद विमलको छुरा प्रहार गरी हत्या गरिएको छ।
बुधवार (आज) बिहान वासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरी भागेको आफन्तले जनाएको छ। उनी दुबैबीच घरायसी विवाद रहेको घटनास्थलमा रहेका प्रत्यक्षदर्शी उनका आफ्न्तहरुले बताए।
छुरा प्रहारबाट घाइते भएका वासुदेवको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
आरोपित भनिएका बेचन फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनाको सूक्ष्म रूपमा अनुसन्धान सुरु गरिएको छ भने, आरोपित भनिएका बेचनको पनि खोजी सुरु गरिएको छ।