इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ। स्पेनको जमोरा प्रान्तमा भएको दुर्घटनामा जोटाको ज्यान गएको छ।
२८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए। प्रारम्भिक जानकारीअनुसार गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ।
कारमा उनी उनका भाइसँगै थिए। दुवैको निधन भएको छ। रिपोर्टअनुसार कार दुर्घटनापछि आगो लागेको थियो। जोटाको केही दिनअघि मात्र विवाह भएको थियो।
फुटबल जगतमा यो खबरले गहिरो शोक छाएको छ।