प्रहरीले लागूऔषध १ हजार ७ सय ७० क्याप्सुल ट्रामाडोलसहित ३ जनालाई पक्राउ गरेको छ। हेटौंडा – ८ औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडकमा शङ्कास्पद रूपमा बसी रहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हेटौंडा–१५ शिखर पानी बस्ने वर्ष २४ को महेश तामाङ, भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा–९ डेरा कोठामा बस्ने वर्ष २६ को कैलाश थापा मगर र हेटौंडा–१३ बस्ने वर्ष ४० को सोम स्याङतान रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।
प्रहरीका अनुसार बुधवार ३ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोली प्रहरीले औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडक खण्डमा ना. ३८ प ३१८५ नं. को मोटरसाइकल र ना २१ प १७१ नं. को स्कुटर रोकी शङ्कास्पद रूपमा बसी रहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा निजहरूको साथबाट ट्रामाडोल १ हजार ७ सय ७० क्याप्सुल फेला परेको हो।
उक्त लागूऔषध तथा मोटरसाइकल स्कुटर बरामद गरी महेश तामाङ, कैलाश थापा मगर र सोम स्याङतानलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्दामा जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।