खोटाङको बारापोखरी गाउँपालिका-४ की २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ।
असार ३० गते बेलुका साढे ९ बजे मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा राईको घटनास्थलमानै मृत्यु भएको थियो। घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान तथा कानुनी प्रक्रिया गरिरहेको छ।