साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३४.४६ अङ्कले बढेर २७६०.१७ अङ्कमा पुगेर रोकिएको छ।
नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन कुल ३१७ स्टकको ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद विक्री भएको छ। यस अघि सोमबार ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको दुई करोड ११ लाख २ हजार ५४० कित्ता शेयर खरिद विक्री भएको थियो।
आज सेन्सेटिभ इन्डेकस ७.०४ अङ्कले बढेको छ। फ्लोट इण्डेक्स २.६० अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५७ अङ्कले बढेको छ। यस दिन सुपरमादी हाइड्रो पावर लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन र बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ।
सुपरमादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ७९.६३ रुपैयाँले बढेर १०६४.९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको शेयर मूल्य प्रतिकित्ता १९.३६ रुपैयाँले बढेर ३४९.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.७२ रुपैयाँले बढेर ४९५.०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसदिन बुटवल पावर कम्पनी, निफ्राको हरित ऋण पत्र, राधी जलविद्युत र एनआइसी एशिया बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
त्यसैगरी यसदिन भगवती हाइड्रोपावर विकास कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४६.४५ रुपैयाँले घटेर ९५५.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। ग्लोबल आइएमइ बैंकको ऋण पत्र प्रतिकित्ता ४५ रुपैयाँले घटेर ११३० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, शुभम पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता २८.५२ रुपैयाँले घटेर ८२८.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।