इजरायली युद्धक विमानहरूले बुधवार दक्षिणी सिरियाभरि आफ्नो हवाई आक्रमण अभियान तीव्र पारेका छन्। सोही क्रममा इजरायली सेनाले सिरियाली सेनाको जनरल कमान्ड मुख्यालय र मध्य दमास्कसमा रहेको राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको हो।
सिरियाली स्वास्थ्य अधिकारीहरूका अनुसार दमास्कसमा भएको आक्रमणमापरी कम्तीमा तीन जना नागरिकको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन्। चाइना सेन्ट्रल टेलिभिजन (सीसीटिभि) का रिपोर्टर रान्ड शुक्रीले आक्रमणपछिको दृश्यको अभिलेख राख्दै सैन्य मुख्यालयबाट निस्केको धुवाँको भिडियो कैद गरेका छन्।
“हामी अहिले दमास्कसको उम्मेयाद स्क्वायरमा छौँ। मेरो पछाडि सिरियाली सेनाको जनरल कमान्ड र रक्षा मन्त्रालयका भवनहरू छन्। जुन इजरायली युद्धक विमानहरूले प्रहार गरेका थिए। तपाईँले देख्न सक्नुहुन्छ, उम्मेयाद स्क्वायरमा ट्राफिक सामान्य भन्दा धेरै हल्का छ, किनकि सुरक्षा बलहरूले बिस्तारै सडकहरू अवरुद्ध गरिरहेका छन्,“ रान्ड शुक्रीले भने।
इजरायली रक्षा बल (आइडिएफ) ले त्यस दिन एक विज्ञप्ति जारी गर्दै दमास्कसमा सिरियाली शासनको सैन्य केन्द्रहरूमा आक्रमण सुरु गरेको पुष्टि गर्यो। विज्ञप्तिमा उल्लेख गरिएको छ कि दिउँसो, आइडिएफले दमास्कसको सैन्य मुख्यालय र राष्ट्रपति दरबार नजिकैको एक सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो।
आईडीएफले यो पनि भन्यो कि सिरियाली शासनले दक्षिणी सिरियाको स्वेइदा क्षेत्रमा अपरेशन कमान्ड गर्न र सेना तैनाथ गर्न मुख्यालय प्रयोग गर्यो।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क ९सीजीटिएन० का रिपोर्टर हैदर काजविनीले भने,“मेरो पछाडि सिरियाली रक्षा मन्त्रालयको भवन छ। आज इजरायली वायु सेनाले लगभगे तीन पटक प्रहार गरेको थियो। तीन दिन अघि सुरु भएको स्वेइदा सहरमा ड्रुज लडाकुहरू र सिरियाली सेना बीचको झडप पछि हामीले भवनबाट एम्बुलेन्सहरू भित्र र बाहिर निस्किरहेको सुन्यौं। त्यो हमला पछि धुवाँको धेरै ठुलो मुस्लो देखियो। इजरायलीहरूले गरेको पछिल्लो दुई हमलाका कारण भएको विस्फोटको आवाज पहिलो भन्दा ठुलो छ। अब हामी देख्न सक्छौँ कि दमास्कस सहरका मानिसहरूमा डर र चिन्ताको अवस्था फैलिएको छ। सडकहरू अब अलि खाली हुन थालेका छन् किनकि मानिसहरू भाग्न खोजिरहेका छन्। त्यो अवस्था र हमला जारी रहन सक्छ भन्ने डरले,“ काजविनीले भने।
सिरियाको ड्रुज समुदायको केन्द्रबिन्दु स्वेइडामा सिरियाली सरकारी सेना र सशस्त्र ड्रुज समूहहरू बीचको युद्धविराम भङ्ग भएपछि यी हमलाहरू भएका हुन्।