उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्कको रूपमा विस्तार गरिने बताएका छन्।
बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलो चाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामूलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन्। 
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सो जानकारी दिएका हुन्।