राष्ट्रिय सूचना आयोगले आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीको शुभारम्भ गरेको छ।
सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई बिहीबारदेखि आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीबाट उपलब्ध गराउने गरी यस्तो सेवा सुरु गरिएको हो।
आयोगले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सङ्घीय सरकारका मन्त्रालयहरू, संवैधानिक तथा केन्द्रीय आयोग, विभाग वा विभाग स्तर, कार्यालय स्तरका सूचनालाई अनलाइन प्रणालीबाट माग गर्ने, सूचना उपलब्ध नगराए पुनरावेदन गर्ने विषयका सूचनाको हकबारे आयोगले बताएको छ।
आयोगले प्रणाली सञ्चालन गर्नुका साथै सङ्घ र प्रदेश र स्थानीय सरकारले सूचना तथा सञ्चार नीति निर्माण तथा संशोधन सूचनाको हक सम्बन्धी विषयमा बहिरा समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागितालाई सुनिश्चित गर्ने व्यवस्था मिलाउनु पर्ने भन्दै सरकारलाई सुझाव तथा निर्देशन दिएको छ।