सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको कोसी गाउँपालिका-१ स्थितमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा शुक्रवार कोसी गाउँपालिका-२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो।
त्यस्तै, इनरुवा नगरपालिका-४ बाट बराक्षेत्र नगरपालिका-९ का १९ वर्षीय प्रबिन विष्ट र मोरङ बेलवारी नगरपालिका-९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस सहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान-१३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजासहित पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ।