महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरूमा नै धेरै समस्यामा आउने गरेको बताएका छन्।
मङ्गलवार सिंहदरबारमा बसेको वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरूमा आएको समस्यालाई कानुनी रूपमा मात्र नभई सामाजिक उपचारका रूपमा पनि काम गर्नुपर्ने बताए।
उनले मन्त्रालयको तर्फबाट धेरै उद्धारका कामहरू गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए। उनले सम्बन्धित विषयका सम्बन्धमा संसदमा विधेयकहरू पास हुन बाँकी रहेकाले चाँडै समस्याहरूको समाधान हुने औँल्याए।