मोरङको बेलबारी ११ लक्ष्मीमार्गका युवाहरूको पहलमा मंगलबार बिहान वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। "रुख रोपौँ, हरियाली बचाऔँ र पर्यावरणको रक्षा गरौँ" भन्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा बेलबारी ११ स्थित लक्ष्मी सामुदायिक बन उपभोक्ता समूहले निर्माण गरेको पोखरी आसपासका क्षेत्रहरूमा विभिन्न प्रजातिका २५० भन्दा बढी बिरुवा रोपिएका छन्।
अभियान का अगुवा दिनेश भण्डारीले यसअघि बृक्षारोपण गरिएका र बिरुवाहरू मरेका क्षेत्रहरूमा पुनः वृक्षारोपण गरिएको बताए । भण्डारीले लक्ष्मीमार्गमा मात्र हैन आसपासका अन्य क्षेत्रहरूमा पनि सामुदायिक बनको संरक्षण र पर्यावरणीय रक्षा गर्नु रहेको बताउदै हामीले स्थानीय स्तरमा यो पहल सुरु गरेका छौँ र भविष्यमा यो अभियानलाई आसपासका अन्य पालिकाहरूमा पनि अघि बढाउने बताए।
वृक्षारोपणमा लक्ष्मीमार्गका युवाहरू सुमन राई, अनिल राई, दुर्गा तामाङ, मिलन धिमाल, दीपक ढकाल लगायतका युवा अगुवाहरूको सहभागितामा सम्पन्न भएको छ।