इरानको जेलमा  रहेका पाँच नेपाली स्वदेश फर्केका छन्।

अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ८ साउनमा (हिजो) उनीहरु काठमाडौं आएका हुन्।

परराष्ट मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर उनीहरु फर्केको जानकारी गराएको हो। इजरायल र इरानबीच भएको युद्धविराम पश्चात स्थिति क्रमशः सहज हुँदै गएको छ। ती दुई देशमा द्वन्द्वको अवधिमा सरकारले भारत सरकारलाई अनुरोध गरेर ९ नेपाली स्वदेश फर्केका थिए। भारतीय विमानले तीन लटमा गरी ९ जना नेपाली नागरिकलाई फिर्ता गरेको थियो।