अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा जहाज ठुलो दुर्घटना हुनबाट जोगिएको छ।
अमेरिकन एयरलाइन्सको ‘बोइङ ७३७ म्याक्स ८’ विमानको ल्यान्डिङ गियर फेल भएपछि उड्न रोक्नुपरेको थियो। यस क्रममा विमानको पछिल्लो भागमा आगलागी भएको हो। विमान मियामीतर्फ उड्ने तयारीमा थियो।
अमेरिकी समय अनुसार दिउँसो २ः४५ बजे (नेपाली समयानुसार राति २ः३० बजे) यो घटना भएको हो। विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबै यात्रुलाई आपत्कालीन स्लाइडरको प्रयोग गरी सकुशल बाहिर निकालिएको छ।
दुर्घटनामा ६ जनालाई सामान्य चोट लागेको छ, जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ।
फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) र अमेरिकन एयरलाइन्सले घटनाको छानबिन सुरु गरिसकेका छन्।