आज सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ। चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।