उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार (साउन १५) बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  

काठमाडौंबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा त्यसका चालक त्रियुगा नगरपालिका–४,  बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका निम्ति जिल्ला अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।