सुनसरीको कोशी गाउँपालिका-८ स्थितबाट नेपाली रुपैयाँ १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका-१ का २५ वर्षीय राजेश चमार रजक र हनुमान कंकालिनी गाउँपालिका-२ का २५ वर्षीय राजेश कुमार रजक रहेका छन्।
साउन १९ गते राती इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लु ९२ प २३८० नम्बरको मोटरसाइकल पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैयाँ १ हजार दरको नक्कली नोट ३८ थान बरामद गरेसँगै मोटरसाइकल चालक राजेश कुमार रजक समेतलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ।