गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताएका छन्।

बिहीबार सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने बताएका हुन्।

‘नेपालमा पनि एक तिहाई जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना बाहिर छ,’ उनले भने, ‘२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सूचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ।’ 

उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाई जनसंख्या अझै पनि पूर्वसूचनाको पहुँचमा नरहेको तथ्यांकमा रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको बताए।

‘हामी अहिले त्यसको मार्गचित्र बनाउँदै छौं। थोरै पछाडि परेका छौं। अबको पाँच वर्ष भित्रमा नेपालको प्रत्येक नागरिकले पूर्वसूचना पाउने सुनिश्चित गर्छौं,’ उनले भने।