बेलबारी नगरपालिका–७ का वडा सदस्य रामकुमार घिमिरेले नेताचौक–केरौन सडक खण्ड अत्यन्तै कस्टकर भएको भन्दै गुनासो गरेका छन्। उनका अनुसार विद्यालय जाने विद्यार्थीहरू दैनिक जोखिमपूर्ण अवस्थामा आवतजावत गर्न बाध्य छन् भने स्कुल बसका लागि समेत दुर्घटना हुने सम्भावना बढ्दो छ।
“अब २०८४ मा निर्वाचन हुँदैछ। यही बाटो देखाएर जनतासँग भोट मागिन्छ, जनता विश्वासका साथ भोट दिन्छन , तर सडक कहिल्यै बन्ने अवस्था छैन,जनताका लागि पीडा, जनप्रतिनिधिका लागि सत्ता यात्राको बाटो”वडा सदस्य घिमिरेले भने,
उनले थप्दै भने , “१० मिनेटमै पार गर्न सकिने बाटोमा दीर्घ रोगी आमा–बुबा, सुत्केरी दिदी–बैनीहरूलाई आधा घण्टाभन्दा बढी कठिनाइ सहनु परेको छ। यस्तो अवस्थाले सर्वसाधारण हरेक दिन पीडा भोगिरहेका छन्।” ति आमा-बुवा दिदि-बहिनिहरुले हामी सम्पूर्ण जनप्रतिनिधिहरुलाई सरापी रहेका छन्।