दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ। बुधबार बिहान निवासमा जनसुनवाईका दौरान उनीमाथि आक्रमण भएको हो।
मुख्यमन्त्री गुप्ता आफ्नो निवासमा जनतासँग भेटघाट गरिरहेका बेला एक व्यक्तिले उनीमाथि आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रकाशित समाचारहरूमा एक व्यक्तिले कुराकानीका क्रममा मुख्यमन्त्रीलाई थप्पड हानेको उल्लेख छ। आक्रमणकारीले हात तानेर लछारपछार गर्न खोज्दा मुख्यमन्त्री गुप्ताको टाउको टेबलमा ठोक्किएर चोट लागेको छ। प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।