सञ्चार विधेयकको विरोधमा कोशी प्रदेश सभा सचिवालय अगाडि धर्ना दिन पुगेका पत्रकारहरुमाथि शुक्रवार प्रहरीले धकपडक गरेको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको आयोजनामा प्रदेश सभा सचिवालयमा धर्ना दिन पुगेका पत्रकारहरूमाथि प्रहरीले धरपकड गरेको हो।
कोशी प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा प्रशारणमा रोक लगाउनेदेखि समाचार लेखेकै आधारमा ढेड लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहितको विधेयक पारित गरेको छ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश र जिल्ला शाखामा आबद्ध पत्रकारहरूले चौतर्फी विरोध जनाउँदै आएका छन्। समितिबाट पारित भएको विधेयकको प्रतिवेदन आज भदौ ६ गतेको प्रदेशसभा बैठकमा पेश गर्ने तयारी छ।