मोरङको ग्रामथान गाउँपालिका–७ धोबीयारेमा शुक्रबार राति अटो टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।
नेताचोकबाट धोबीयारेतर्फ जाँदै गरेको को २ ह ६२६९ नम्बरको अटो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दुर्घटनामा परेर ग्रामथान–७ का ४५ वर्षीय ओसर विश्वासको मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल बूढीगंगा लगिएको थियो। तर, उपचारको क्रममा शनिबार बिहान ५ः२० बजेतिर उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
सोही दुर्घटनामा परेर ग्रामथान–७ का ५० वर्षीय आशाराम थन्दार र ५० वर्षीया पूर्णकुमारी थन्दार घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र विराट शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि अटो चालक ४८ वर्षीय केदार माझीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार अटो तीव्र गतिमा रहेकाले नियन्त्रण गुमेर दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ।