गोइसी मर्कन्टाइल कम्पनीका जनसम्पर्क निर्देशक नवीन तिवारीले नेपालमा अहिले ईभी गाडीहरुको भित्रिने क्रम बढेसँगै प्रयोगकर्ता समेत बढेको बताए । जसका कारण चार्जिङ स्टेसनहरुको सङ्ख्या वृद्धि हुँदै गएको दाबी गरे।
१७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा भेटिएका उनले विद्युत् नेपालमै खपत गर्नको लागि नेपाली प्रयोगकर्ताहरूको योगदानलाई मान्यता दिँदै चार्जिङ सुविधाहरू बढाइएको समेत बताए।
गोइसी मर्कन्टाइल कम्पनीले चार्जिङ स्टेशनको सुविधा बढाएको बताउँदै उनले घरमा राखेर प्रयोग गर्न मिल्ने स्लो चार्जरदेखि फास्ट डिसी चार्जरहरुसम्म आफूहरूसँग रहेको जानकारी दिए।
गोइसी मर्कन्टाइलले उपलब्ध गराउने चार्जरहरुमा ६० किलोवाटको डिसी फास्ट चार्जरले ३० देखि ३५ मिनेटमा एउटा गाडीलाई फुल चार्ज गर्न सकिने बताए। उनले त्यसमा ब्याट्रीको र गाडीको क्यापासिटी अनुसार र्चाज हुने पनि बताए।
‘नेपालमा अहिले ई भी गाडीहरूको भित्रिने क्रम बढ्दो छ र प्रयोगकर्ताहरू पनि बढेका छन्। त्यसमाथि नेपाल विद्युत उत्पादनमा पनि अलि अग्रणी रूपमै आइरहेको छ। विद्युतीय गाडीको प्रवर्द्धन गरी नेपालमा उत्पादित विद्युत स्वदेशमै खपत गर्ने वातावरण बनाउनुपर्छ। यसका लागिगोइसी मर्कन्टाइल कम्पनीले चार्जिङ स्टेशनको सुविधा प्रदान गरेको छ,’ उनले भने।