हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
इजरायल पुगेर उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरी विपिनको रिहाइका लागि अपिल गरेका थिए।
त्यसबारे उनीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
प्रधानमन्त्री ओलीले पनि विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्।
‘विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो,’ ओलीले भनेका छन्, ‘विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन।’