भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बङ्गलादेशसँग तेस्रो खेल खेल्ने भएको छ।
खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रङ्गशालामा सुरु हुनेछ।
नेपाल र बङ्गलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन्। नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटानलाई २–१ ले हराएको थियो भने बङ्गलादेशले भुटानलाई ३–१ ले हराएर भारतसँग २–० ले हार हारेको थियो।
प्रतियोगितामा भारत ६ अङ्कसहित शीर्ष स्थानमा छ भने बङ्गलादेश र नेपालको समान ३ अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन्। आजै भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ।