साफ यू–१७ महिला च्याम्पियनसिप नेपालले आज पनि बङ्गलादेशसँग खेल्दै छ।
बुधवार भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपालले आफ्नो चौथो खेल खेल्दै छ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।
नेपालले आइतबार तेस्रो खेल पनि बङ्गलादेशसँगै खेलेको थियो। खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो।
त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २–१ गोलले पराजित गरेको थियो।
आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधिबाट बाहिरिनेछ।
प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बङ्गलादेश गरी चार टोलीले भाग लिएका छन्।
