मोरङको मिक्लाजुङ गाउँपालिका–७ शान्ति टोलस्थित बहुउद्देश्यीय कृषि फर्ममा काम गर्ने एक युवकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ।
बिहिबार बिहान करिब ६ः३० बजे फर्ममा काम गर्दै आएका धनकुटा जिल्ला चौबिसे गाउँपालिका–१ धापगाउँका २९ वर्षीय मिलन तामाङ पोखरीमा डुबेको अवस्थामा भेटिएका हुन्। उक्त फर्म प्रकाश बस्नेतको रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मधुमल्लाबाट प्रहरी टोली खटिएको थियो। घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट समेत प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।