एल एक्स फुटबल क्लब बेलबारी-११ लक्ष्मीमार्गको आयोजनामा ८औँ बेलबारी आरजु राइस मेजर स्व.एन.बी.रुङ्माहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २०८२ असोज १९ देखि २५ गतेसम्म हुने भएको छ।
प्रतियोगिता प्रस्तावित रङ्गशाला लक्ष्मीमार्गस्थित खेल मैदानमा हुनेछ। क्लबका महासचिव शम्भु बस्नेतका अनुसार प्रतियोगितामा अन्तर्राष्ट्रिय टिमसहित ८ टिमको सहभागिता रहनेछ।