राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दै छ। 
आइतबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्ने भएको हो।
बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ।