नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ। 

आज सुनको मूल्य प्रतितोला ६ सयले बढेर २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार प्रतितोला चाँदीको मूल्य २ हजार ४ सय ७० रहेको थियो। आज मूल्य वृद्धि भई २ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।