मोरङ । मोरङको बेलबारी नगरपालिका–३ मा रहेको खानेपानी टोल विकास संस्थाले बृहत् सरसफाइ कार्यक्रमसँगै घाँस काट्ने मेसिनको उद्घाटन गरेको छ।
संस्थाले आफ्नै लगानीमा खरिद गरेको मेसिनको शनिबार बिहान वडा अध्यक्ष योगेन्द्र सुवेदीले घाँस काटेर उद्घाटन गरेका हुन्। उद्घाटनपछि बोल्दै सुवेदीले स्थानीय स्तरमा सामूहिक प्रयास र विकास योजनामा सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्तो पहलले दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष टिकालाल धिमालले जानकारी दिँदै १३५ घरधुरीका उपभोक्ताहरूको सक्रिय उपस्थिति रहेको बताए। उनले संस्थाले सरसफाइलाई निरन्तरता दिँदै सामुदायिक हितमा अझ प्रभावकारी कार्यक्रम अघि बढाउने योजना रहेको उल्लेख गरे।