देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन्।
जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए।
अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन्। देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए।
त्यसैगरी, प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा फरार भएका छन्।