आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ।
आज सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला २५ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भएको हो।