जेन जेड आन्दोलनका कारण प्रभावित भएको बैंकिङ सेवा आइतबारदेखि सुचारु भएका छन्।
देशभरका बैंक तथा वित्तीय संस्था पूर्णरुपमा सञ्चालनमा आएका हुन्। बैंकहरुले आइतबारदेखि सबै कार्यालय सञ्चालनमा ल्याएको नेपाल बैंकर्स संघले जनाएको छ।
आन्दोलनबाट क्षति पुगेका बैंकहरुका शाखा कार्यालय र एटिएमहरू पनि चाँडै नै सञ्चालन गर्ने तयारी थालिएको छ। शुक्रबारसम्म आंशिकरुपमा मात्रै सञ्चालन गरिएको थियो।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैंकर, निजी क्षेत्रका व्यवसायी र उद्योगीहरूसँग छलफल गरेका छन्।
गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्था सम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन्।
जेन जी आन्दोलनका कारण ठूलो क्षति व्यहोरेका उद्योगी तथा व्यवसायीहरूका लागि विशेष प्याकेज ल्याउन गभर्नरसँग माग राखेका छन्। गभर्नर पौडेलले बैंकरहरुसँग पनि छुट्टै छलफल गरेका छन्।
