ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

सोमबार सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयको रूपमा यस्तो निर्देशन दिएका हुन्। 

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका थिए।