नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

आज सुन तोलामा नौ सय रुपैयाँले घटेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३० रुपैयाँले घटेर दुई हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।