वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको हो। क्यानका अनुसार नेपाली टोली असोज ६ गते (सोमबार) युएई प्रस्थान गर्नेछ।

शुक्रबार नै यूएई प्रस्थान गर्ने तय भएपनि भिसा प्राप्त हुन ढिलाइ हुँदा नेपाली टोली जान पाएको थिएन। यूएई जाने नेपाली टोलीको बिहीबार नै बिदाइ गरिएको थियो।