यामाहा कम्पनीले आफ्नो ७० वर्षे यात्राको अवसरमा “यामाहा एक्सचेन्ज मेला” आयोजना गर्ने भएको छ । आगामी असोज ६ गतेदेखि १२ गतेसम्म चल्ने यो मेला “द कॉल अफ द ब्लु” नारासहित बेलबारी रीकण्डिसन (फुलबारी पेट्रोल पम्प अगाडि) र बी एण्ड बी अटो ट्रेडर्स प्रालि, बिराटचोकमा सञ्चालन हुनेछ ।


मेलामा पुराना मोटरसाइकल साटेर नयाँ यामाहा मोटरसाइकल लिन चाहने ग्राहकले विशेष सुविधा पाउनेछन् । कम्पनीले न्यूनतम २५ हजार रुपैयाँसम्मको मूल्याङ्कन गर्नेछ भने अतिरिक्त १० हजार रुपैयाँसम्मको भ्यालु एडिसन उपलब्ध गराइनेछ । साथै, सजिलो फाइनान्स सुविधासहित ३० महिनासम्म किस्ता तिर्न मिल्ने व्यवस्था हुनेछ ।


ग्राहकलाई आकर्षित गर्न मेलामा सहभागी हुनेहरूले फ्री हेलमेट पाउनेछन् भने नगद छुट पनि १० लाख रुपैयाँसम्म उपलब्ध हुने बताइएको छ । थप जानकारीका लागि ९८१०४५२६४३, ९८६३९८६९९१ र ९८२०७५६७८१ मा सम्पर्क गर्न सकिनेछ ।