आन्दोलन गर्न माइतीघर मण्डल पुगेका डा. निकोलश भुसालसहितका युवा पक्राउ परेका छन्। प्रहरीले भुसाल र एसपी साहसहितलाई प्रदर्शन नै गर्न नदिई पक्राउ गरेर भ्यानमा हालेको हो।

जेनजीको एउटा समूहले गर्ने भनिएको प्रदर्शन स्थगित भएको अवस्थामा भुसाल भने प्रदर्शन गरिछाड्ने भन्दै माइतीघर पुगेका थिए। तर प्रहरीले कडा सुरक्षा जाँचसहित कसैलाई पनि प्रदर्शन गर्न नदिएको हो।

भुसालले बिहान ११ बजेदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शन हुने बताएका थिए। प्रधानमन्त्री गृहमन्त्रीले सहिदको र जेनजीको माग पूरा गर्न नसके राजीनामा दिनुपर्ने उनको माग छ। उनले सरकार आफैँ चलाउने भन्दै जेनजीको माग पूरा गर्न संविधान संशोधन पनि गर्ने बताएका थिए।