सुदूरपश्चिम प्रदेशको धनगढी–डडेलधुरा (भीमदत्त राजमार्ग) अन्तर्गत डोटीको गोल्डेन सडकखण्डमा आज बिहान गाडी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। 

अछामबाट धनगढीतर्फ आउँदै गरेको सु प प्र०१–००१ख३९५६ नम्बरको इभि गाडी दुर्घटना हुँदा अछाम जिल्लाकी २२ वर्षीय हरिया परियारको घटनास्थलमै मृत्यु भएको अत्तरीया ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए।  

उनका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। तीनजनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि धनगढीतर्फ ल्याउँदै गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।