नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। अस्ट्रेलियन नागरिक रसले बुधबार (कात्तिक १२) अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयमा राजीनामापत्र बुझाएका स्रोतले जानकारी दियो।

पछिल्लो समय पुरुष टिमको खराब प्रदर्शनका कारण रसले एक वर्ष नबित्दै इमेलमार्फत राजीनामा बुझाएका हुन्।

मलेसियासँग खेल नजिकिँदै गर्दा उनले राजीनामा दिएपछि पुरुष टिमको प्रशिक्षक पद रिक्त बनेको छ।