राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को 'जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकमा वृहत् राजनीतिक संवाद कार्यक्रम सुरू भएको छ।
उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले पार्टी सचिवालयमा प्रस्तावित भई परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरूबीच गर्ने निर्णय गरेको संवाद कार्यक्रम नेपाल हाउस बालुवाटारमा सुरू भएको भएको हो।
जेनजी आन्दोलनको उत्पत्ति र नतिजा, अग्रगामी सुधारबारे साझा बुझाइ, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखाङ्कनका लागि संवाद कार्यक्रम गरिएको रास्वपाले जनाएको छ।
त्यस्तै, उन्नत रुपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर, उपयोगिताबारे सम्भाव्यता जस्ता विषय संवादको उद्देश्य रहेको रास्वपाले जनाएको छ।
रास्वपाको राजनीतिक संवाद कार्यक्रममा रास्वपाका नेता कार्यकर्ता बाहेक डा. बाबुराम भट्टराई, रेशम चौधरीलगायतका नेताहरू सहभागी छन्।
 
         
         
                     
         
         
         
                                        
                                                                                                


 
         
         
         
        

















 
         
         
        