नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठुलो सुधारका साथै शुद्धीकरण र पुनः जागरण गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रूपान्तरणका लागि गरेको सङ्घर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनः जागरणको आवश्यकता रहेको बताएका हुन्।
उनले भने, ‘अब हामी बोलेर मात्र हुँदैन ठुलो सुधार चाहिएको छ। त्यो सुधार पार्टीभित्र हुन्छ। पार्टीभित्र के गर्छौ के गर्दैनौ शुद्धीकरण कसरी गर्छौ, पुनः जागरण कसरी गर्छौ ? र शुद्ध जागरित भएको पार्टीले सरकारका काममा कसरी सुधार ल्याउँछ ?’
नेता थापाले जेनजी आन्दोलनमार्फत युवाहरूले नेपाली कांग्रेसको मूल्य–मान्यता अनुरूप व्यवहार कार्यशैली नभएको भनी प्रश्न उठाएको बताए।




















