पढेका कुरा लामो समयसम्म सम्झन नसक्ने वा पढाइप्रति रुचि नहुने विद्यार्थीहरूका लागि ‘मेमोरी ट्रेनिङ एण्ड क्रिएटिभ लर्निङ’ नामक विशेष तालिम सुरु भएको छ। हाम्रो लोकसेवा स्कूल, विराटचोक र पाराहा एकेडेमीको संयुक्त आयोजनामा सुरु गरिएको यस तालिमले विद्यार्थीहरूलाई अध्ययनमा वैज्ञानिक र प्रभावकारी विधिबाट स्मरणशक्ति, ध्यान र सिर्जनात्मक क्षमताको विकास गराउने लक्ष्य राखेको छ।

कार्यक्रमका संयोजक तथा प्रशिक्षक सुशान्त शर्माका अनुसार यो तालिमले विद्यालय, कलेज, लोकसेवा, शिक्षक सेवा, BLE, SEE, SLC (+2) लगायतका विद्यार्थीहरूलाई अध्ययनमा देखिने समस्याहरू—जस्तै पढेका कुरा याद नहुने, समय व्यवस्थापनमा कठिनाइ, परीक्षा तयारीमा कमजोरी—बाट मुक्ति दिलाउनेछ।

तालिमका प्रमुख सिकाइहरू

यो तालिममा सहभागीहरूले निम्न विषयहरूमा व्यावहारिक अभ्यास गर्नेछन्–

दिमागको शक्ति र ध्यान नियन्त्रण

फोटोग्राफिक मेमोरी सक्रियता

अवचेतन मन प्रोग्रामिङ

स्मृति विज्ञान र संघ प्रणाली

मेमोरी प्यालेस (लोसी प्रविधि)

दृश्यावलोकन र कथा लिङ्किङ

मस्तिष्क व्यायाम, योग र अध्ययन वातावरण सुधार

अध्ययन तालिका र गुणस्तरीय अध्ययन मोडेलहरू

शर्माका अनुसार सहभागीहरूले तालिमपछि नघोकी लामो समयसम्म कुराहरू सम्झन, संविधानका धारादफा, ठूला अङ्क, तिथिमिति, क्षेत्रफल, राजधानी, मुद्रा, शब्दअर्थ आदि सजिलै याद गर्न सक्ने क्षमता विकास गर्नेछन्। साथै, पढ्ने, सम्झने र लेखन कला समेतमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।

सो तालिम लिन हाम्रो लोकसेवा स्कूल / पाराहा एकेडेमी, विराटचोक (माछापुच्छ्रे बैंकको छेउ, एनआईसी एशिया बैंकको अगाढी ) सम्पर्क गर्न सकिन्छ भने यसका साथै संस्थाले लोकसेवा, शिक्षक सेवा, बैंक र संस्थानका विशेष तयारी कक्षाहरू पनि सञ्चालन गर्दै 

आएको छ।