सर्पको डसाइटबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८ः३० बजे उनलाई गोमन सर्पले दायाँ खुट्टामा डसेको थियो।
त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११ः४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।




















