बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

श्वासप्रश्वास र निमोनियाका कारण करिब तीन हप्ताअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारपछि उनी आज घर फर्किएका हुन्।

यसअघि मंगलबार धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले मिडियामा उनको मृत्युको बारेमा गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गरेका थिए। तर, अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले पनि उनी मृत्यु भएको सामाचार संप्रेषण गरेका थिए।